मोदीको सुरक्षा गर्न जनकपुरमा १० हजार ४ सय ८२ सुरक्षाकर्मी

जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार जनकपुरमा हुने भ्रमणका क्रममा उनको सुरक्षाका लागि जनकपुर क्षेत्रमा १० हजार ४ सय ८२ जना सुरक्षाकर्मी परिचालित हुने सुरक्षा स्रोतले जानकारी दिएको छ।

मोदीको नागरिक अभिनन्दन गरिने बाह्रबिघा क्षेत्रमा ३ हजार ४ सय ८२ सुरक्षाकर्मी रहनेछन्। त्यस्तै, जनकपुर नगर क्षेत्रमा मोदीको भ्रमणका दिन ७ हजार सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा स्रोतले देशसञ्चारसँग जानकारी गरायो।

मोदीको सुरक्षाका लागि ३० जना ब्ल्याक कमान्डो पनि जनकपुर पुगिसकेका छन्। त्यस्तै, मोदीको स्वागतका लागि ९० प्रतिशत तयारी पूरा भइसकेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

बैशाख २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्