टोटनह्यामलाई उपाधि भन्दा ठूलो उपलब्धी, च्याम्पियन्स लिगका लागि छनौट

टोटनह्यामले आउँदो सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने पक्का भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा न्युक्यासलमाथि १–० को जित निकाल्दै टोटनह्यामले शीर्ष चारमा रहने पक्का गरेको हो ।

यसको अर्थ उसले आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाएको पक्का भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि ह्यारी केनले विजयी गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५० औँ मिनेटमा केनले विजयी गोल गरेका हुन् । जितपछि लिगको एक खेल बाँकी हुँदा तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ७४ अंक भएको छ ।

अब बाँकी एक खेलमा पराजित भए पनि टोटनह्याम शीर्ष चारमा कायम रहने छ । च्याम्पियन्स लिगका लागि छनौट हुनु उपाधि भन्दा पनि महत्वपूर्ण रहेको कप्तान ह्युगो लोरिसले बताएका छन् । अर्को खेलमा आर्सनल लेस्टर सिटीसँग ३–१ ले पराजित भयो ।

बैशाख २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्