अशोक दर्जीको गीत २४ घण्टा नपुग्दै ट्रेन्डिङ्गको १ नम्बरमा

काठमाडौं – पछिल्लो समय युट्युब तथा सामाजिक सञ्जालमा भाइरल बनिरहेका मोरङको उर्लाबारीका अशोक दर्जीको पहिलो गीत सार्वजनिक भएको छ ।

बुधबार युट्युबमा सार्वजनिक भएको उनको गीत ‘मन बिनाको धन’ अहिले ट्रेन्डिङको पहिलो नम्बरमा छ । गीत सार्वजनिक भएको झण्डै २४ घण्टामै ९ लाख भन्दा धेरै पटक हेरिएको छ ।

अशोक दर्जी र टंक बुढाथोकीको स्वरमा रहेको गीतमा बीराज नेपालको शब्द तथा टंक बुढाथोकीकै संगीत छ । यस्तै म्युजिक भिडियो पनि अशोक र टंक नै देखिएका छन् ।

अशोक दरौ सुरुवाल र ढाका टोपीमा ठाँटिएका छन् । गीतमा १२ हजार भन्दा बढी कमेन्ट आइसकेको छ भने ८० हजार भन्दा बढीले लाइक गरेका छन् ।

यसअघि उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले अशोकलाई होस्टलसहित १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको थियो ।

बैशाख २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्