बिहीबारै सर्वसाधारणले जानकी मन्दिर छिर्न पाएनन्, जनकपुरमा सुरक्षा कडा

जनकपुरधाम- शुक्रबार जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

मोदीले जनकपुर पुग्‍ने लगत्तै जानकी मन्दिरमा दर्शन एवं पूजा गर्ने कार्यक्रम रहेकोले विहीवारदेखि सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक समेत लगाइएको छ।

मोदीको सुरक्षालाई दृष्टिगत गर्दै श्रद्धालु भक्तजन एवं सर्वसाधारणलाई पूजापाठ गर्न एक दिन अगाडी देखी नै प्रवेश निषेध गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविण धिातलले जनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदी शुक्रबार विहान भारतको पटनाबाट भारतीय सेनाको हेलिकोप्टमा सिधै जनकपुर विमान स्थलमा अवतरण गर्नेछन्। जनकपुर पुगेपछी उनको जानकी मन्दिरमा ४५ मिनेट सम्म पूजाअर्चाना गर्ने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन्।

यता, मोदी जानकी मन्दिरमा पूजाअर्चना र बाह्रविघामा अभिनन्दनको कार्यक्र सकेपछि जनकपुरबाट प्रस्थान गरे पश्चत मात्र सर्वसाधारणले जानकी मन्दिरमा प्रवेश गर्न सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

अहिले भीआईपी, सुरक्षा अधिकारी र स्वकृत पास प्राप्त सञ्चार र सञ्चारकर्मी मात्र मन्दिर प्रवेश गर्न पाउने नायव उपरीक्षक धितालले बताएका छन्।

जनकपुर प्रवेश गर्ने हरेक प्रवेशद्धारमा सुरक्षाकर्मीले चेकजाँचमा कडाई गरेका छन्।

मोदीको सुरक्षालाई लक्षित गरी जानकी मन्दिर तथा बाह्र विगाहाको एक सय मिटर क्षेत्रमा तथा भिभीआइपीको सवारी मार्ग विमानस्थलदेखि बाह्र विगाहाको सडक छेउछाउमा धारिलो चिजबस्तु, मोटरसाइकलको हेलमेट, झोला पोका लिई हिँड्न तथा माक्स लगाएर आवतजावत गर्न प्रहरीले निषेध गरेको छ।

यस्तै, मोदी जनकपुर पुगेपछी जानकी मन्दिर देखी बाह्रविग्हासम्म पर्ने सडक क्षेत्रमा पर्ने घरहरुको झ्यालढोकाहरु बन्द गर्न समेत स्थानीयलाई आग्रह गरिएको छ।

मोदीलाई अभिनन्दन गर्ने बाह्रविघा एतिहासिक रंगभूमि मैदानलाई चारैतर्फबाट सुरक्षाकर्मीले घेरेको छ, भने मैदान भित्र निर्माण भइरहेको मोदीको अभिनन्दन गर्ने मञ्च भारतीय सुरक्षाकर्मीको घेरामा रहेको छ।

यता, सुरक्षा व्यवस्था कडा पारिएको जनकपुरमा खटेका सुरक्षाकर्मीहरु चर्को घाममा उभिँदा उभिँदा अस्वस्थ भएको देखिएको छ ।

विहीवार दिउँसो अंचल अस्पता सडमा सुरक्षा गस्तीमा रहेका एक प्रहरी बेहोस समेत भएका छन । बेहोस भएर सडकमै लडेका सुरक्षाकर्मीलाई तत्कालै अंचल अस्पताल पुर्याइएको थियो।

मुख्यमन्त्रीले गरे मोदी भ्रमणको पूर्वाभ्यास


शुक्रबार जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण बारे प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पुर्वाभ्यास गरेका छन्।

जनकपुरमा साँझ साढे ५ बजे प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले मोदीको सुरक्षा व्यवस्था तथा भ्रमण बारे बाह्रविग्हा पुगेर ‘रिर्सल’ गरेका छन्।

मोदी जनकपुर पुगिसकेपछि जानकी मन्दिरमा पुजापठा गर्नेदेखी बाह्रविग्हासम्म पुग्ने सडकको सुरक्षाअवस्था बारे भ्रमणको पुर्वसन्ध्यामा मुख्यमन्त्री राउत लगायत भारतीय सुरक्षा अधिकारीहरु बाह्रविग्हा पुगेका थिए ।

मोदी भ्रमणको पुर्वअभ्यासमा मुख्यमन्त्री सहितक नेपाल तथा भारतको दुई दर्जन भन्दा बढी गाडी बाह्रविग्हा छिरेको थियो।

यस्तै, मोदीको अभिनन्दन हुने मञ्चमा समेत उद्घोषणको लागि प्रयोग गरिने माईकको ‘माईक टेस्टिंग’ लगायत सिसिटीभी, ह्युम्यान एक्सरे मेसिन को पुर्वतैयारी गरेको देखिएको छ।

मोदीको अभिन्दन हुने बाह्रविग्हामा भारतीय सुरक्षाकर्मीको भ्यान सहित भारतीय एम्बुलेन्स, बारुण यन्त्र समेत पुगि सकेको छ । भने भारतबाट आएका विभिन्न मिडियाकर्मीहरु सहित करिब आधा दर्जन स्याटेलाईत टिभी र नेपालको एनटिभी लगायत विभिन्न मिडियाबाट मान्छेहरु विहीवार जनकपुर पुगिसकेका छन्

मोदी आउँदा जनकपुरमा उत्सवको माहोल


भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा जनकपुरमा ठुलो उत्सव भएझैं व भएको छ। मान्छे अस्तव्यस्त देखिएका छन् भने सुरक्षाको घेरामा रहेका बाह्रविग्हालाई बाहिरबाट नियाल्न समेत स्थानीयहरु पुगेको देखिएका छन्।

पाहुनालाई स्वागत गर्न बनाईएको मिथिला आर्ट, बाह्रविग्हाको सरसफाई तथा अभिनन्दन मञ्च स्थानीयहरुको लागी पनि नौलो भएकोले साँझ ४र५ बजे समयमा उक्त क्षेत्रमा स्थानीयहरुको भीड लागेको देखिएको छ।

बैशाख २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्