मोदीको भ्रमण अवधिमा काठमाडौं, जनकपुर, जोमसोम र पोखराको मौसम कस्तो ?

काठमाडौ‌ं – जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान)सार्वजनिक गरेको छ ।

महाशाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण अवधिको मौसमी भविष्यवाणी गरेको हो । भारतीय प्रधानमन्त्रीे मोदी शुक्रबार नेपाल आउँदै छन् । उनले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार मौसमी सूचना सार्वजनिक गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

कहाँको मौसम कस्तो ?

विभागले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंको मौसम शुक्रबार आंशिक बदली हुने देखिएको छ । यस्तै अपराह्न तिर वा त्यसपछि छिटफुट पानी पर्ने र बिजुली चम्किने सम्भावना पनि छ ।

यस्तै जनकपुरको मौसम शुक्रबार आंशिक बदली हुने तर पानी पर्ने सम्भावना भने नरहेको विभागले जनाएको छ ।

जोमसोम वा मुक्तिनाथमा तथा पोखरामा आंशिक बदली तथा छिटफुट पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै शनिबार पनि काठमाडौंको मौसम आंशिक बलदली हुने र केही चट्याङ्ग पर्ने सम्भावना पनि रहेको छ ।

जनकपुर तथा मुक्तिनाथको मौसम पनि आंशिक बदली हुनेदेखिएको छ । पोखरामा शनिबार आंशिक बदलीसँगै चट्याङ्ग पर्ने सम्भावना देखिएको विभागले उल्लेख गरेको छ ।

आउँदो आइतबार भने काठमाडौंको मौसम सामान्यतया बदली हुनेछ ।

बैशाख २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्