मिथिला राज्य भारतलाई फिर्ता गर्नुपर्ने

यता मोदीको यस्तो ट्विट, उता भारतीय सांसदको त्यस्तो ट्विट

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरको रामजानकी मन्दिरको दर्शन गरे। मोदीको स्वागत जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं २ का राजनीतिज्ञ, नागरिक सबैले गरे।

दुईदिने भ्रमणको पहिलो दिन जनकपुर धामको भ्रमण गरेका मोदीलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर झाले रामजानकी मन्दिरको साँचो हस्तान्तरण गरे। साँचो हस्तानतरण भएपछि अब रामजानकी मन्दिर भारतको लागि सधैँ खुला रहेको सन्देश जान्छ।

नागरिक अभिनन्दन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मिथिला सँस्कृतिको प्रशंसा गरे। मोदीले भाषणको क्रममा विश्वमा छुट्टै पहिचान बोकेको मैथिली सँस्कृति भारतमा पनि रहेको बताए। नागरिकलाई सम्बोधन नै मैथिली भाषामा गरेका मोदीले यसको संरक्षण गर्नमा आफू नचुक्ने बताए। नागरिकले मोदीको यो भनाईलाई नागरिकले ताली पिटेर, सिटी बजाएर स्वागत गरे। भाषण सकिएलगत्तै मोदिले नेपालीमा ट्वीट गरेका छन्।

यता सबै नेपालीलाई समेटेर कहिले नेपाली त कहिले मैथली भाषामा भाषण गरिरहेका मोदीले नागरिकको मन जित्दै थिए भने । उता भारतको विहार राज्यका एक सांसदले मिथिला राज्य भारतको भएकोले यसलाई फिर्ता लिनुपर्ने सन्देश सहितको ट्वीट गरेका छन् ।

पूर्व क्रिकेट खेलाडि तथा विहारका सांसद कीर्ति आजादले नेपाल अंग्रेज युद्धको समयमा भएको सन्धिले मिथिला राज्य नेपाललाई दिइएको बताएका छन् । उनले दुई सय वर्ष पुरानो सन्धिको समय सकिएकोले अब भारतले त्यो भूमि फिर्ता लिएर मिथिला राज्य गठन गर्न अनुरोध गरेका छन् । उनी विहारका पूर्व मुख्यमन्त्रीका छोरा पनि हुन् ।

बैशाख २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्