मोदीले भेटे उपराष्ट्रपति पुनलाई

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन्।

दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आएका मोदीले टुडिखेलमा आर्ड अफ अनर लिएपछि बहादुर भवन पुगेर पुनसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा पुन र मोदीबीच नेपाल र भारतको सम्बन्ध, दुई देशको विकास, शान्ति र समृद्धिका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री मोदीले केहीबेरमा शितल निवास पुगेर राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैशाख २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्