मोदीको स्वागतका लागि पशुपतिमा यस्तो तयारी

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसपटकको ‘तीर्थाटन’ शनिबार बिहान पशुपतिनाथ मन्दिरमा आएर टुंगिदै छ ।

शनिबार बिहानै मुक्तिनाथ गएका मोदीले त्यहाँ विशेष पूजा गरे । उनी अब पशुपतिनाथ मन्दिर आउँदै छ । बिहान साढे १० बजेपछि पशुपतिमा मोदी पुग्ने तयारी छ । मोदीको स्वागतका लागि पशुपतिमा तयारी पूरा भएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

मोदी आउने भएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सुरसफाइ पनि गरिएको छ । बिहानैदेखि पशुपतिमा भिड लागेको छ । तर मोदी आएपछि सर्वसाधारणलाई बाहिर निकालिने छ ।

मोदीले दुई दिने नेपाल यात्राको सुरुवात शुक्रबार जकपुरबाट गरेका हुन् । उनले त्यहाँ जानकी मन्दिरमा विशेष पूजा गरेका गरेका थिए ।

तस्बिरहरु-बर्षा शाह/शरद ओझा

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्