कीर्ति आजादलाई दुश्मन घोषणा गर्न विमलेन्द्र निधिको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतको विहारका सांसद कीर्ति आजादले गरको ट्वीटको कडा आलोचना गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि नेपालको औपचारिक भ्रमणमा छन् । उनले शुक्रबार मिथिला सँस्कृतिको केन्द्र जनकपुरबाट नेपाल यात्राको सुरुवात गरेका हुन् ।

मोदी जनकपुरमा रहेका बेला बिहारका सांसद आजादले मिथिला भारतले लिनु पर्ने आशको ट्वीट गरेका थिए । उनले अंग्रेजसँग भएको सम्झौता अनुसार मिथिला क्षेत्र नेपालको भएको र त्यो सम्झौताको समय सकिएकाले मिथिला फिर्ता लिनु पर्ने उल्लेख गरेका थिए ।

त्यसको जवाफ दिँदै कांग्रेस उपसभाापति निधिले आजाद नामक भारतीय सांसदको भनाई दुवै देशको अखण्डताका लागि खतरा रहेको बताए । उनलाई जनकपुर, प्रदेश नम्बर २, मधेस र नेपालले दुश्मन घोषणा गर्नु पर्ने उनले बताए ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्