मोदीले पशुपतिमा ११ सय र ५१ सयको विशेष पूजा गर्दै

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन् । उनले पहिले वासुकीनाथ मन्दिरमा पूजा गर्ने र त्यसपछि पशुपतिनाथ मन्दिरमा पूजा गर्ने छन् ।

आधिकारिक स्रोतका अनुसार मोदीले परम्परा अनुसार पहिले वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष पूजा गर्ने छन् र त्यसपछि पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गर्ने छन् । यी दुवै पूजाका लागि करिब आधा घण्टा लाग्ने स्रोतले बतायो ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्