माेदीको विरोध गर्दा सरकारी हस्तक्षप : विवेकशील साझा सडकमा

कठमाडौँ– विवेकशील साझा पार्टीले सरकारले गरेको हस्तक्षेपको विरोधमा शान्तिपुर्ण प्रदर्शन गरिरहेको छ ।

शुक्रबार ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’ लेखिएको ब्यानर प्रहरीले हटाएको थियो । दुई पटक प्रहरीले हटाएपछि विवेकशील साझाले नाकाबन्दीको विरोध गर्दै वेलुन उडाएको थियो ।

विवेकशील साझाले गरेको शान्तिपूर्ण विरोधमाथी सरकारी हस्तक्षपको चौतर्फि विरोध भैरहेको छ ।

सरकारी हस्तक्षपले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरेको भन्दै शान्तिपूर्ण विरोध गरेको पार्टीका संयोजक रवीन्द्र मिश्रले बताए ।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्