विवेकशील साझाका ८ जना कार्यकर्ता पक्राउ

काठमाडौँ– विवेकशील साझा पार्टीका ८ जना कार्यकर्ता पक्राउ परेका छन् । विवेकशील साझा पार्टीले रुपन्देहीमा गरेको शान्तिपूर्ण ¥यालिमा प्रदेश नम्बर ५ का संयोजक सहित ८ जना पक्राउ परेका हुन् ।

शुक्रबार केन्द्रीय कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दै नाकाबन्दीको विरोध गरिएको ब्यानर प्रहरीले हटाएपछि शनिबार विभिन्न् ठाउँमा विवेकशील साझाले त्यसको विरोध गरिरहेको छ । प

क्राउ पर्नेमा प्रदेश नम्बर ५ का संयोजक अनुपमान सैंजु, हरिकृष्ण अधिकारी, सुवास लामिछाने, निलम अधिकारी, अनिल काफ्ले, मिन तिवारी, अर्जुन गिरी र विष्णु मिश्र रहेको पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।

आफ्ना कार्यकर्ता पक्रिएको भन्दै पार्टीले घोर भर्तसना गरेको छ । पार्टी केन्द्रीय कार्यालय अगाडी पनि अहिले शान्तिपूर्ण विरोध प्रदर्शन भैरहेको छ ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्