मोदी विशेष पूजा गरेर निस्किए, संस्कृतिमन्त्रीले दिए पशुपतिनाथको प्रतिमा उपहार

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेर बाहिरिएका छन्। मोदी शनिबार बिहान मुक्तिनाथ गएर विशेष पूजा गरी फर्किए लगतै पशुपति गएका हुन्।

उनले पहिले वासुकीनाथ मन्दिरमा पूजा गर्ने र त्यसपछि पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन् । मोदीले परम्परा अनुसार पहिले वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष र त्यसपछि पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरेका हुन् ।

यी दुवै पूजाका सकेपछि पर्यटन तथा सँस्कृति मन्त्री रवीन्द्र अधिकारीले मोदीलाई पशुपतिनाथको प्रतिमा उपहार स्वरुप दिएर बिदाई गरेका छन् ।

मोदी चार वर्षअघि नेपाल भ्रमणमा आएका बेला पशुपति क्षेत्रको जिर्णोद्धारका लागि २५ करोड भारु अर्थात ४० करोड रुपैयाँ दिने घोषणा गरेको थिए। त्यो रकम अहिलेसम्म प्राप्त नभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्