काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन्। मोदी शनिबार बिहान मुक्तिनाथ गएर विशेष पूजा गरी फर्किएलगत्तै पशुपति गएका हुन्।

उनले पहिले वासुकीनाथ मन्दिरमा पूजा गरेर त्यसपछि पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन्। मोदीले परम्परा अनुसार पहिले वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष र त्यसपछि पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरेका हुन्।

यी दुवै पूजाका सकेपछि पर्यटन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीले मोदीलाई पशुपतिनाथको प्रतिमा उपहार स्वरुप दिएर बिदाइ गरेका छन् ।