पशुुपतिनाथको आगन्तुक पुस्तिकामा लेख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामजानकी मन्दीरमा जस्तै तर अझ लामो खुशीको अनुभव पशुपतिनाथको आगन्तुक पुस्तिकामा साटेका छन् ।

मोदीले पशुपतिनाथमा आएर एक पटक फेरी प्राथना गर्न पाउँदा आफु अति नै प्रसन्न रहेको पुस्तिका मार्फत खुलाएका छन् ।

त्यस अवसरमा मोदीले पशुपतिनाथ नेपाल र भारत दुवै मुलुकका नागरिकको साझा धार्मिक विरासतको प्रतिक रहेको समेत वयान गर्न भ्याएका छन् ।

मोदीले  पुस्तिकामा भनेका छन्, ‘म नेपाल र भारतका सबै नागरिकको जीवनमा शान्ति, प्रगति र समृद्धिको कामना गर्छु ।’

पशुपतिनाथमा प्राथना गर्नका लागि व्यवस्था गरिदिएकोमा मोदीले पशुपति क्षेत्र विकास कोष र नेपाल सरकारसँग आभार समेत व्यक्त गरेका छन् ।

‘भारत सरकारको सहयोगमा पशुपतिनाथ परिसरमा निर्माधिन धर्मशालाले श्रद्धालुहरुलाई सुविधा प्रदान गर्ने छ भन्नेमा मलाई आशा छ’, मोदीले पुस्तिकामा लेखेका छन् ।

शुक्रबार जनकपुरस्थित रामजानकी मन्दीरमा पनि उनले लामै अनुभव आगन्तुक  पुस्किामार्फत साटेका थिए।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्