मोदीलाई भेट्न प्रचण्ड पुगे ह्यात

प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: भारतीय विदेश मन्त्रालय

काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र दुई दिने राजकीय भ्रमणा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफल सुरु भएको छ ।

पशुपतिनाथमा पूजा गरि आफ्नो वासस्थान होटल ह्यातमा पुगेका मोदीलाई भेट्न माओवादी अध्यक्ष दाहाल त्यहाँ पुगेका थिए।

स्रोतका अनुसार दाहाल र मोदीबीच करिब आधा घण्टा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल भारतबीचको सम्बन्ध लगायत विषयमा छलफल हुने छ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्