देउवासहित कांग्रेसका ८ नेताले सामूहिक रुपमा भेटे मोदीलाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न होटल हायात पुगेका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु। तस्बिर: भारतीय विदेश मन्त्रालय

काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले सामूहिक रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

मोदी बसेको होटल हायातमा पुगेर कांग्रेस नेताहरुले शनिबार दिउँसो उनीसँग सामूहिक रुपमा भेटवार्ता गरेका हुन्। भेटमा सभपाति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुरमा गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाअध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला सहभागी भएका थिए।

भेट शिष्टाचार भए पनि त्यसका क्रममा सामान्य राजनीतिक विषयमा समेत कुराकानी भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

अरु विषयमा कांग्रेस नेताहरुबीच आन्तरिक विवाद भए पनि मोदीलाई भेट्न सभापति देउवाले सबै शीर्ष नेताहरुलाई बोलाएका थिए।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्