मोदीलाई भेट्न हायात पुगे अस्वस्थ नेता महन्थ ठाकुर पनि

काठमाडौँ- एक महिनादेखि बिरामी भएर उपचार गराइरहेका राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न शनिबार दिउँसो राजधानीको हायात होटल पुगेका छन्।

उनले महन्थसँगै राजपाका अरु नेताहरुलाई पनि सामूहिक रुपमा भेटेका थिए। प्रधानमन्त्री मोदीले महन्थसहित राजपा टिमलाई पछिल्लो चुनावमा पाएको सफलताका लागि बधाई दिँदै नेपालसँगको द्विपक्षीय सम्बन्ध अझ गहिरो बनाउन छलफल गरेका थिए। ठाकुर केहीअघि दिल्लीमा मुटुमा स्टेन्ट राखेर फर्केका हुन् भने सार्वजनिक कार्यक्रममा लामो समयपछि शनिबार देखिएका हुन्। ठाकुरको मुटुमा अझै ब्लकेज रहेको चिकित्सकहरुले बताएका छन्।

पशुपतिनाथ मन्दिरमा पूजाआजा सकेर हायात होटेल पुगेका मोदीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरु, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरुसँग भेटिसकेका छन्।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्