मोदीलाई अभिनन्दन गर्न ठिक्क पारियो राष्ट्रिय सभागृह

काठमाडौं- महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार अपराह्न नागरिक अभिनन्दन गर्देैछ।

त्यसका लागि महानगरपालिकाले राष्ट्रियसभा गृहलाई सजाएर चिटिक्क पारेको छ। सभागृहका प्रवेशद्वारमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीको ठूल्ठूला फोटासहितको ब्यानर राखिएको छ।

अभिनन्दनमा सहभागी हुन मोदी पौने तीन बजे सभागृहमा पुग्ने भए पनि समारोहमा सहभागि हुनेलाई दुई बजे नै बोलाइएको छ।

समारोहमा प्रदेश तीनका मुख्यमन्त्री, सांसद, महानगरपालिकाका जनप्रतिनिधि, कुटनीतिज्ञहरु लगायत सहभागी हुँदैछन्।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्