सभा गृहबाट नेपाली मिडियालाई घोक्रेठ्याक, भारतीय मिडियामात्र छिराइयो

तस्बिर: बर्षा शाह

काठमाडौँ– राष्ट्रियसभा गृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दनको समाचार संकलन गर्न पाससहित पुगेका नेपाली मिडियालाई बाहिर निकालिएको छ।

सभागृहमा शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ।

सभाहलमा भारतीय सञ्चारमाध्यमका प्रतिनिधिलाई भने निर्वाध रुपमा प्रवेश गराइएको छ। सभागृहका लागि नै भनेर जारी गरिएको प्रेसपास लिएका नेपाली सञ्चारकर्मीलाई समेत भित्र छिर्न नदिएको समाचार संकलनका लागि पुगेका पत्रकारहरुले गुनासो गरेका छन्।

नेपाली पत्रकारहरुलाई भित्र छिर्न नदिएपछि उनीहरु सभागृह बाहिर उभिइरहेका छन्।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्