नेपाल-भारत १६ बुँदे विज्ञप्ति: हवाई रुट दिन भारत लचक, ओली फेरि भारत जाने

फाइल तस्बिर

काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणबारे नेपाल र भारतले १६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। मोदी स्वदेश फिर्ता भइसकेपछि दुई देशबीचको संयुक्त विज्ञप्ति परराष्ट्र मन्त्रालयले जारी गरेको हो।

नेपालले मागेको थप रुटका लागि अध्ययन गर्न दुवै देशको प्राविधिक टिमले टुंग्याउने सहमति भएको छ। गत महिना अन्तर सरकारी कमिटिमा बाणिज्य सचिवको बैठकमा भएको सहमति अनुसार व्यापार र पारवहन सम्झौताको पुनरावलोकन गर्ने प्रधानमन्त्रीको तहमा समझदारी बनेको छ।

बाढीग्रस्त क्षेत्रमा दुई देशले सयुक्त टोलिले भ्रमण गर्दै त्यसको दीर्घकालीन समाधानकालागि उचित विकल्प खोज्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा दुई देशबीच विभिन्न क्षेत्रको विकासका लागि सहयोग र सहकार्यबारे छलफल भएको उल्लेख गर्दै मोदीले ओलीलाई फेरि भारत भ्रमणको निम्तो दिएको पनि उल्लेख छ। क्षेत्रीय र अन्तरदेशीय संंगठनको महत्व अघि बढाउँदै लैजाने सहमति पनि दुई देशबीच भएको छ।

दुईदिने नेपाल भ्रमण सकेर भारतीय प्रधानमन्त्री मोदी शनिबार साँझ भारत फर्केका छन्। ओलीले भारत भ्रमण निमन्त्रणा स्वीकार गरेको र कुटनीतिक तहबाट ओली भ्रमणको मिति टुंगो लगाईने  बिज्ञप्तिमा उल्लेख गरिएको छ।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्