दैनिक २० नेपाली ड्रग्‍सको नसा लिन भारत जान्छन्

नेपालगञ्ज-सीमावर्ती भारतीय बजार रुपैडिहामा एक दिनमा कति जना नेपाली लागू औषध खाना जान्छन् होला? दुई, चार, छ वा धेरैले यत्ति नै संख्यालाई अड्कल गर्न सक्छन्। तर होइन, यो भन्दा धेरैजना दैनिक लागू औषध सेवन गर्न भारत जादा रहेछन्।

शनिबार बिहान आठदेखि चार बजेसम्म भारतमा गएर लागू औषध खाएर आएका व्यक्तिलाई नियन्त्रण लिने अभियान चलाइदा २० जना फेला परेका छन्।

लागू औषध नबोक्ने तर भारतमा गएर टक्न खाएर आउनेहरु २० जना भेटिए। प्रहरीले नाकामा लागू औषध दुव्र्यसनीमा कडाई गर्ने बित्तिकै खैलाबैला मच्चियो। टाठाबाठा त जादै गएनन्।

भारतमा लागू औषध सेवन गरेर आएकालाई प्रहरी, पुनर्स्थापना केन्द्रले नियन्त्रणमा लिएर केही घण्टा काउन्सिलिङ गरेका छन्। बाँके प्रहरीले लागू औषधविरुद्ध अभियानको रुपमा चलाएको ‘सिदा प्रहरी कारबाही’अन्तर्गत शनिबार यस्तो अप्रेसन गरिएको थियो।

लागू औषध सेवन गरेर आएका व्यक्तिहरुलाई प्रहरी निरीक्षक बसन्त गौतम, साहरा हाउसका अभिराज क्षेत्री, सामनाका आगमन सिंहले काउन्सिलिङ गरेका थिए। काउन्सिलिङ पछि उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको छ।

बाँके प्रहरीले नाकामा कडाई गरेपछि बजार क्षेत्रका प्रयोगकर्ताहरु भारतमै पुगेर खाएर आउने गर्दछन्। सीमावर्ती भारतीय बजारमा लागू औषध ब्राउनसुगर, कोरेक्स सहजै पाइन्छ। ब्राउनसुगर र कोरेक्स खाना ठूला घराना र उच्च ओहदाका व्यक्तिसमेत जाने गरेका छन्।

कतिपय यस्ता व्यक्तिहरु कारमा लागू औषध सेवन गर्न रुपैडिहा जान्छन्। लागू औषध सेवन गरेर सानले फर्किने गर्दछन्। प्रहरी निरीक्षक गौतमले शनिबार भने भिआइपी प्रयोगकर्ता नभेटिएको बताए।

प्रहरीले लागू औषध सेवन गरेर आउनेलाई काउन्सिलिङ गर्ने र पहिलो पटकलाई चेतावनी दिएर छोड्ने गर्दछ। लागू औषध बरामद हुँदा चाहि मुद्दा चलाउने गर्दछ।
बाँकेमा लागू औषधविरुद्ध सिधा कारबाही, लागू औषध नियन्त्रण ब्यूरो सक्रिय छन्।

बैशाख २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्