बमको डर : रातो कपडाको पोको खोलेर हेर्दा ढुङ्गा र बालुवा

दाङ – विप्लव माओवादिले आह्वान गरेको नेपाल बन्दको क्रममा त्रसित बनाउन बम भन्दै रातो कपडामा ढुङ्गा र बालुवा पोको पारेर राखिएको पाइएको छ ।

लमही–गढवा सडकखण्डमा पर्ने राप्ती नदीको पुलको छेउमा बम भन्दै राखिएको बालुवा र ढुङ्गाको पोको फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले बताए ।

‘बम राखिएको छ भनेर हल्ला आयो । घटनम स्थलमा पुग्यौं । त्यहाँ पुग्दा ढुङ्गा र बालुवाको फोको फेला प¥यो’ उनले भने, ‘त्यसलाई हामीले नदीमा बगाइदियौँ ।’

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्