चितवनको भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट

तस्बिर सौजन्य : नारायणी अनलाइन

चितवन – चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपर मार्केटमा आइतबार बिहानै बम बिस्फोट भएको छ ।

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले बिहान पौने चारबजे भारतपुर महानगरपालिका १० मा रहेको भाटभटेनी सुपर मार्केटमा डेटोनेटर बिस्फोट गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिस्फोटका कारण सुपर मार्केटको एक साइडको सिसा फुटेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बिस्फोट गराउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेकाले उनीहरुले नै बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । बन्दका कारण चितवनमा लामो दूरीका गाडी चलेका छैनन् ।

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्