संसदमा प्रि–बजेटमाथिको छलफलले निरन्तरता पाउँदै

काठमाडौं – संसदका दुवै सदनमा आइतबार बिहान ११ बजेदेखि बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छ्लफ्ल जारी रहने ।

२६ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटका प्राथमिकता तथा सिद्धान्त पेश गरेका थिए ।

२७ गते छ्लफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण रोकिएको छ्लफलले आइतबारदेखि निरन्तरता पाउन लागेको हो । सरकारले जेठ १ गते निति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ ।

बैशाख ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्