काठमाडौं- काठमाडौं उपत्यकामा  आइतबार भारी वर्षा भएको छ।

पश्चिमी वायुको प्रभावको वायुमण्डलको उच्च भागमा परेको र न्यून चापीय रेखाको विकास भएकोले  वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाले उपत्‍यकाको सडकमा पानी बगेको छ भने सवारी साधन र सर्वसाधारणलाई अप्ठ्यारो भएको छ। सडकमा गुड्‍ने गाडीहरुले पानीमै गाडी कुदाउनु परेको छ।

 

तस्बिरहरु- विन्दु शर्मा/देश सञ्‍चार