हार्‍यो चेल्सी

दोषी मै हुँ, हार्नै नहुने खेलमा हारियो : कोन्टे

इंग्लिस प्रिमियर लिग फुटबलको साबिक विजेता चेल्सी आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि स्थान बनाउन असफल भएको छ ।

लिग अन्तर्गत आइतबार राति भएको यो सिजनको अन्तिम तथा शीर्ष चारका लागि महत्वपूर्ण खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको न्युक्यासलसँग पराजित भएर चेल्सी शीर्ष चारमा पर्न असफल भएको हो ।

अवे मैदानमा भएको लिगमा यो सिजनको अन्तिम खेलमा चेल्सी न्युक्यासलसँग ३–० ले पराजित भयो । न्युक्यासलको जितमा एयोजी पेरेजले दुई तथा डविग्थ गेलीले एक गोल गरे ।

गेलीले २३ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । पेरेजे ५९ र ६३ औँ मिनेटमा गरी दुई गोल गरेपछि चेल्सी ३–० ले हार्न बाध्य भयो ।

लिभरपुलले ब्राइटनलाई हराउँदै चौथो स्थान पक्का गर्दा चेल्सी पाँचौँ स्थानमा रहन बाध्य भयो । चेल्सीको ७० तथा लिभरपुलको ७५ अंक भयो ।

हारपछि चेल्सीका प्रशिक्षक एन्टोनी कोन्टेले यसको सम्पूर्ण दोष आफूले लिने बताएका छन् । दोष सबै आफूमाथि रहेको उनको भनाई छ । हार्नै नहुने खेलमा हारेको उनको भनाई छ ।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्