आजको मौसम : कहाँ कस्तो, कता पानी पर्छ ?

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेको छ । आइतबार राति तथा सोमबार बिहान अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुमण्डलको माथिल्लो सतहमा पश्चिमी वायुको प्रभाव तथा तल्लो सतहमा भारतको बिहारमा बनेको न्यून चापीय रेखाका कारण देशभरको मौसम बदली भइ पानी परेको मौसमविद मीनकुमार अर्यालले बताए ।

यस्तै बंगलको खाडी तथा अरबीय सागरबाट पनि जलवाष्पयुक्त हावा आएकाले पश्चिम हुँदै देशका सबै क्षेत्रमा बदली भएको उनले बताए ।

अहिले पश्चिमी क्षेत्रमा मौसम खुल्ने क्रम सुरु हुन थालेको र मध्य तथा विशेष गरी पूर्वी क्षेत्रमा बढी बदली रहेको मौसमविदको भनाई छ ।

आइतबार दिनभर मौसम बदली तथा पानी पर्ने क्रम जारी रहने छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ ।

सोमबार बिहान काठमाडौं उपत्यकामा १३.३ मिलिमिटर पानी परेको छ । दिउँसो पनि पानी पर्ने सम्भावना छ । मंगलबार बेलुकादेखि भने मौसममा सुधार आउने छ ।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्