इन्डोनेसिया : प्रहरी हेडक्वाटरमा आत्मघाती बम आक्रमण

इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा रहेको प्रहरीको हेडक्वाटरमा आत्मघाती बम विस्फोट भएको छ ।

तीनवटा चर्चमा कम्तिमा १३ जनाको ज्यान जाने गरी आत्मघाती बम आक्रमण भएको भोलिपल्ट सोमबार प्रहरी मुख्यालयमा आक्रमण भएको हो । मोटरसाइकलमा आएका दुईजनाले प्रहरी मुख्यालयमा आक्रमण गरेका हुन् ।

विस्फोटनमा परि प्रहरी अधिकारी घाइते भएका छन् । तर मानवीय क्षति भए नभएको विवरण आएको छैन । आक्रमणमा आफ्नो संलग्नता रहेको बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले जनाएको छ ।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्