पोल्याण्डको स्वतन्त्र भएको एक सय वर्षको अवसरमा काठमाडौं देखि लुक्का सम्म कार्यक्रम

काठमाडौं- पोल्याण्ड स्वतन्त्र भएको एक सय वर्षको अवसरमा आगामी अक्टुबरमा पोल्याण्डका ३ सय ५० जनाले लुक्ला देखि सगरमाथा बेस क्याम्प सम्मको पदयात्रा गर्ने भएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र भएको १ सय वर्षको अवसरमा काठमाडौंमा एक सय किलोमिटरको म्याराथुन पनि आयोजना गर्ने जानकारी दिइयो।

हिमाल आरोहणका क्रममा ज्यान गुमाएकाको परिवारका सदस्य देखि आठ हजार मिटर भन्दा अग्ला ६ हिमाल चढेका व्यक्तिहरु आगामी अक्टुबरमा स्वतन्त्रता दिवस मनाउन नेपाल आउने छन्।

काठमाडौंमा आयोजना हुने एक सय किलोमिटरको दौड पुरस्कारका र प्रतिस्पर्धाकालागि भन्दा पनि पोलिस पर्वतारोहणको इतिहासको सम्झनाको लागि भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल चेम्बर अफ कमर्स लगायतका संघ संस्थाको सहयोगमा कार्यक्रमको आयोजना हुनेछ।

बैशाख ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्