कांग्रेस संसदीय दल कार्यसमितिले पूर्णता पायो

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको कार्यसमितिले पूर्णता पाएको छ। दलको नेतामा सभपाति शेरबहादुर देउवा र उपनेतामा विजयकुमार गच्छादार चयन भए पनि अरु पद खाली थिए।

दलको नेताका लागि चुनाव भए पनि अरु पदमा भने सहमतिका आधारमा सदस्यहरु चयन भएका छन्। दलको नेताका लागि सभापति देउवा र प्रकाशमान सिंहबीच प्रतिस्पर्धा भएको थियो।

चुनावका लागि मंगलबार बिहान ११ देखि ३ बजेसम्म दिइएको समयमा सबै पदमा एउटा एउटा मात्र उम्मेदवारी परेकाले सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

संसदीय दलको नेता तथा कार्यसमितिका संयोजक चीनकाजी श्रेष्ठका अनुसार संसदीय दल कार्य समितिमा प्रदेश १ बाट मिनेन्द्र रिजाल, प्रदेश २ बाट तेजुलाल चौधरी प्रदेश ३ बाट दिव्यमणि राजभण्डारी, प्रदेश ४ बाट प्रकाश पन्थ तनहुँ, प्रदेश ५ बाट देवेन्द्रराज कण्डेल, प्रदेश ६ बाट रंगमती शाही र प्रदेश ७ बाट दिलेन्द्र प्रसाद वडू निर्विरो निर्वाचित भएका छन्।

त्यस्तै खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्र कुमार के.सी, आदीवासी जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल चयन भएका छन्।

जेठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्