बहुप्रतिक्षीत फिल्म रेस ३ को ट्रेलर सार्वजनिक

काठमाडौं- बलिउड स्टार सलमान खानको यस बर्षको बहुप्रतिक्षीत फिल्म रेस ३ को ट्रेलर सार्वजनिक भएको छ।

एक्सन सस्पेन्स यो फिल्म आउदो ईद(१५ जुन)मा विश्वव्यापी रिलिज हुनेछ।

सलमान खान फिल्मस्‌को व्यानरमा बनेको यो फिल्मलाई रेमो डि सुजाले निर्देशन गरेका हुन।

रमेश तौरानी र स्वयम् सलमान खानको संयुत्त लगानी रहेको यो फिल्मको अघिल्ला दुइ सिरिज बक्सअफिसमा हिट सावित भएका थिए।

२००८ मा आएको रेस फिल्मको यो तेस्रो श्रृखला हो।२०१३ मा यसको दोस्रो श्रृखला आएको थियो।

यस अघिका दुवै श्रृखला पनि रमेश तौरानीले निर्माण गरेका थिए।

फिल्ममा सलमान खानका साथै प्रमुख भुमिकामा अनिल कपुर, ज्याक्लिन फ्रनान्डिज, बबि देवल, डेजी शाह, सकिव सलिम, फ्रेडी दारुवाला छन्।

्फिल्मको वजेट १५० भारु भन्दा बढी भएको बताइएको छ। यो ३ डी मा पनि प्रदर्शन हुनेछ।

जेठ १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्