पेप गार्डिवलाले जिते वर्ष प्रशिक्षक अवार्ड

इंग्लिस प्रिमियर लिग फुटबल च्याम्पियन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले वर्ष प्रशिक्षक अवार्ड जितेका छन् ।

लिग म्यानेजसर्् एसोसिएसन, एलएमएले प्रदान गर्ने अवार्ड यो पटक पेपले पाएका हुन् । पेपको क्लब म्यानचेस्टर सिटीले यो वर्ष कीर्तिमानी १०० अंकसहित उपाधि जितेको छ ।

उसले यसक्रममा १०६ गोल गरेको छ । सिटीले यो सिजन मात्रै १४ अंक गुमायो । पेपको क्लब सिटीले आर्सनललाई ३–० ले हराएर लिग कपको उपाधि पनि जितेको छ ।

पेपले लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप, बर्नलीका शन डिची, वुल्भस्का नुनो इस्पिरिटो सान्तोस, कार्डिफका निल वार्नोक र एक्रिङटन स्टानलीका जोन कोलेम्यानलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

जेठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्