मौसममा सुधार आउँदै, टन्टलापुर घाम भने नलाग्ने

फाइल फोटो

काठमाडौँ – केहीदिनदेखि बदली तथा वर्षाको अवस्था रहेको मौसममा बुधबारदेखि सुधार आएको छ । पश्चिम तथा मध्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि लगातार पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी पहाडी क्षेत्रमा भने सामान्यतया मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद विभूती पोखरेलले जानकारी दिइन् । देशका अरु भूभागमा भने आंशिक बदली हुने र छिटफुट पानी पर्ने सम्भावना छ ।

हिजो अस्ति भन्दा मौसम सुधार हुँदै गएको तर दिउँसोदेखि भने बदली हुने र छिटफुट पानी पर्ने सम्भावना रहेको उनले बताइन् । मौसम छर्लङ्ग खुलेर दिनभरि घाम लाग्ने वा हपक्कै गर्मी हुने सम्भावना भने छैन ।

दिनभर देशभरको मौसम शीतल नै रहने छ । विशेष गरी पहाडी क्षेत्रमा बदलीको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि बेलुकातिर बदली भइ पानी पर्ने सम्भावना रहेको छ ।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्