हुम्लाका लागि उडेको जहाज सम्पर्क बिहीन, भेटिएको छैन

फाइल फोटो

सुर्खेत – सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज सम्पर्क बिहीन भएको छ । मकालु एयरको जहाज बिहान हुम्लाको सिमिकोटका लागि उडेको थियो ।

बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नु पर्ने जहाज सम्पर्क बिहीन भएको हो । जहाजमा पाइलट र को–पाइलट रहेका थिए । कार्गो विमान हो ।

नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले विमान अहिलेसम्म सम्पर्कमा नआएको बताएका छन् । माउन्टेन एयरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको उनले जानकारी दिए ।

देश सञ्चारसँग गौतमले भने, ‘जहाज बाजुरामा भेटिएको भन्ने कुरा पुष्टि भएको छैन, हामि जहाजको अवस्था पत्ता प्रयास गरिरहेका छौं।’

जेठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्