मकालु एयर विमान दुर्घटना

दुर्घटनाग्रस्त विमान तस्बिरमा

तस्बिर-नृप हमाल

सुर्खेत – सुर्खेतबाट हुम्लाका लागि उडेको विमान बुधबार दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । मकालु एयरको कार्गो विमानमा रहेका पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको ज्यान गएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरबहादुर वलीका अनुसार खार्कोनाथ गाउँपालिका–२ (राया र थालीको बीचमा) बाहुनखर्कमा १० बजेर २५ मिनेटमा विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो ।

विमान बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट हुम्लाका लागि उडेको थियो । बिहान ६ बजेर ४० मिनेटदेखि हराएको विमान झण्डै चार घण्टापछि भेटिएको हो ।

उनका अनुसार चालक दलका दुवै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली रहेका छन् । जहाज टुक्रा टुक्रा अवस्थामा फेला परेको छ ।

 

तस्बिरहरु-नृप हमाल

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्