विमान दुर्घटनाका पाइलटको शव काठमाडौं ल्‍याइयो

मकालु एयरको कार्गो विमानमा दुर्घटनामा ज्‍यान गुमाएका पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको शव हेलिकोप्टरबाट निकालिँदै। सिम्रिक एयरलाइन्सबाट त्रिवि शिक्षण अस्पताल ल्‍याइएको हो। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- मकालु एयरको कार्गो विमानमा रहेका पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाललाई काठमाडौं ल्‍याइएको छ।

सिम्रिक एयरलाइन्सबाट उनीहरुको शव काठमाडौंको ल्‍याइएको हो।

सुर्खेतबाट हुम्लाका लागि उडेको विमान बुधबार बिहान दुर्घटनामा पर्दा सवार दुई जना पाइलटको ज्यान गएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरबहादुर वलीका अनुसार खार्कोनाथ गाउँपालिका–२ (राया र थालीको बीचमा) बाहुनखर्कमा १० बजेर २५ मिनेटमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्