मकालु एयर विमान दुर्घटना

विमान दुर्घटना जाँच आयोग गठन

 

काठमाडौं-सुर्खेतदेखि हुम्लाका लागि उडेको विमान दुर्घटनाको यथार्थ छानविनका लागि जाँच आयोग गठन गरिएको छ।

संस्कति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले बुधबार भएको विमान दुर्घटनाको प्रतिवेदन र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे बुझ्न मन्त्रिस्तरको निर्णयअनुसार उक्त समिति गठन गरेको हो।

नेपाल नागरिक उडड्यान प्राधिकरणका पूर्व महानिर्देशक त्रीरत्‍न मानन्धरको संयोजकत्वमा चार सदस्यिय आयोग गठन गरिएको हो।

समितिको सदस्यमा बुद्ध एयरका बरिष्ठ इनिजनियर उपेनद्रलाल श्रेष्ठ, नेपाल जायु सेवा निगमका बरिष्ठ क्याप्टेन गोपाल सिं विष्ट, संस्कति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सह-सचिव बुद्धिसागर लामिछाने रहेका छन्।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्