मर्यादाविपरीत सदनमै सांसदहरुले मोबाइल चलाएपछि..

काठमाडौं- प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाइए पनबुधबार प्रतिनिधि सभाको बैठक चलिरहँदा सांसदहरु मोबाइल चलाउनमै व्‍यस्त देखिएका छन्।

उनीहरुमध्‍ये कोही मोबाइल कानमा लिएर कागजका केही टिपोट गरिरहेका देखिन्थे भने कोही मोबाइलमा सामाजिक सञ्‍जाल चलाइरहेका देखिन्थे।

संसद बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने प्रतिनिधिसभा पहिलो बैठकबाट पारित भए पनि उनीहरुले आफ्नो मर्यादा आफैले उलंघन गरिरहेका थिए।

देश सञ्‍चारकी फोटो पत्रकार वर्षा शाहले आफ्नो क्‍यामरामा कैद गरेका केही तस्बिरहरु

 

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू