पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागुहुने गरि मूल्य बढाउने निर्णय गरेको आयल निगम सञ्चालक समितिका सदस्य अरबिन्द्र अग्रवालले देश सञ्चारलाई जानकारी दिए ।

अग्रवालका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँ बढाइएको छ ।

भारतीय बजारमा मूल्य बढेका कारण आवधिक समायोजनको नीति अनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।

जेठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्