आइएमई इन्सुरेन्स र एभरेष्ट बैंकबिच बैंक इन्सुरेन्स सेवामा सम्झौता

काठमाडौं – आइएमई जनरल इन्सुरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंक इन्सुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैंकका ग्राहकले एभरेष्ट बैंकका जुनसुकै शाखाबाट आइएमई जनरल इन्सुरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवा लिन सक्नेछन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले बैंकसँग सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै राम्रो सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको बताए ।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्