“ग” वर्गका वित्तिय संस्थालाई लगानी व्यवस्थापनको तालिम

काठमाडौँ – एनआईसी एशिया क्यापिटलले “ग” वर्गका वित्तिय संस्थाहरुलाई लगानी व्यवस्थापन सम्बन्धी तालिम दिएको छ । लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउदै एनआईसी एशिया क्यापिटलले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “ग” वर्गका वित्तीय संस्थाहरुलाई लगानी व्यवस्थापन सम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने निस्शुल्क तालिम दिएको हो ।

कार्यशालामा २० भन्दा बढी “ग” वर्गका वित्तीय संस्थाहरुका वित्त व्यवस्थापन, तथा कोष व्यवस्थापन विभागका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थागत जोखिम न्यूनिकरण गर्न वित्तीय संस्थाहरुले लगानीमा तय गर्नु पर्ने निश्चित मार्ग(चित्र, तथा समय सापेक्ष रुपमा लगानीका आधारहरु परिमार्जन गर्ने तरीकाका बारेमा कार्यशाला केन्द्रित थियो ।

साथै, एनआईसी एशिया क्यापिटलले धितोपत्र बोर्डले गरेको क्यापिटल एक्सपो २०७५ मा सहभागि भएको छ । प्रदर्शनीमा राखिएको एनआईसी एशिया क्यापिटलको स्टलमा प्रत्यक्ष अवलोकन गर्न आएका २५०० भन्दा बढि सहभागीले एनआईसीले प्रदान गर्ने सेवा तथा लगानीका विषयमा अन्तरक्रिया गरेका थिए ।

जेठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्