धनुषा कांग्रेसमा रडाको

जनकपुरधाम- नेपाली कांग्रेस धनुषा जिल्लाको १३ औंं अधिबेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन घोषणा गरेको एक दिन नवित्दै एक सभापति पदका प्रत्यासीले जवरजस्ती परिणामा घोषणा गरेको आरोप लगाएका छन्।

लामो विवाद र घम्साघम्सीपछि भएको कांग्रेस धनुषाको अधिवेशनले मंगलबार साँझ महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन भएको घोषणा गरियो।

सर्वसहमतिबाट निर्वाचित भएको भनिएका कार्यसमितिका पदाधिकारीहरुको सपथग्रहण कार्यक्रम बुधबार दिउँसो नेपाली काँग्रेस धनुषा पार्टी कार्यालयमा चलिरहँदा अर्को तर्फ अधिवेशनकै सभापति पदका प्रत्यासी रामपल्टन साहले पत्रकार सम्मेलन गरी जवरजस्ती परिणाम घोषणा गरेको आरोप लगाएका छन्।

जनकपुरको गंगासागर धर्मशालामा सभापति पदका प्रत्यासी साह सहति काँग्रेसका नेता युवराज खाती, ललनचौधरीले पत्रकार सम्मेलन गरी केहि केन्द्रिय नेताहरुले गुटउपगुट सिर्जना गरी प्रक्रिया मिचेर रातरात जवरजस्ती कार्यसमितिको परिणाम घोषणा गरेको आरोप लगाएका हुन्।

कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, नेता आनन्द ढुङ्गाना, महेन्द्र यादब, रामसरोज यादब लगायतहरुले गुटउपगुट तयार गरी हस्ताक्षर दुरुपयोग गरेर आफू निकट नेता कार्यकर्ताहरुलाई सभापति बनाएको आरोप लगाए।

कोइराला र देउवा गुटको कारण सहमति गर्ने भन्दै गरिएको हस्ताक्षरलाई दुरुपयोग गरी आफू निकटहरुलाई पदमा निर्वा्िचत गरिएको आरोप साहको छ।

अधिबेशनमा किसान, मजदुर, मधेसको अस्मितामाथि कुनै छलफल नै नगरी नेता बिमलेन्द्र निधि, आनन्द ढुङ्गाना, महेन्द्र यादब लगायतले आफुखुशी नेतृत्व चयन गरेको भन्दै पुनः अधिबेशन गराउन माग गरेका छन् ।

अधिबेशनमा तत्कालका कार्यसमितिले आफ्नो कार्यकालको प्रगति प्रतिबेदन साथै भाबी योजना नीति, आर्थिक प्रतिबेदन, लेखा परीक्षण गराइएको प्रतिबेदन समेत प्रस्तुत नगरी अधिबेशन गराएको गरेको भ्रष्टाचार ढाकछोप गर्ने कार्य गरेको उनको आरोप छ ।

आफूले पदको लागि उम्मेदवारी नदिएको भन्दै कांग्रेसलाई बचाउन आफ्नो उम्मेदवारी भएको उनको तर्क थियो । कांग्रेस नेता युवराज खातीले साधरन सभानै बाइपास गरि किर्ते हस्ताक्षर गरि साधरन सभा गरी जिल्ला अधिबेशन गरेको आरोप लगाए ।

खुल्लेआम गिरोह संचालन गरि पार्टी कब्जा गरेको उहाको आरोप छ । जिल्लाका केही केन्द्रीय सदस्यहरुले सहमतिको नाममा आफूखुशी गरेर गिरोह संचालन गरेको बताए । मंगलबार सम्पन्न जिल्ला अधिबेशनले महेश शकर गिरिको सभापतित्वमा समिचि चयन गरेको थियो ।उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतो निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

जेष्ठ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्