युरोपा लिग

एथ्लेटिको मड्रिड बन्यो तेस्रोपटक च्याम्पियन, ग्रिजम्यानको डबल गोल

स्पेनिस क्लब एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको उपाधि उचालेको छ । अवे मैदानमा भएको फाइनलमा फ्रेन्च लिग वान क्लब मार्सेइलीलाई ३–० ले हराउँदै एथ्लेटिको मड्रिडले ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि उचालेको हो ।

एथ्लेटिकोको जितमा एन्टोनी ग्रिजम्यानले दुई तथा कप्तान गाबीले एक गोल गरे । ग्रिजम्यानले २१ औँ मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई पहिलो हाफका १–० को अग्रता दिलाए ।

४९ औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि एथ्लेटिको अग्रता दोब्बर भयो । ८९ औँ मिनेटमा गाबीले गोल गरेर टिमलाई ३–० को जित दिलाए अनि तेस्रो पटक उपाधि पनि ।

एथ्लेटिको मड्रिडले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि जितेको थियो । उसले धेरै पटक युरोपा लिगको उपाधि जित्ने क्लबको रुपमा आफ्ना नाम पनि लेखाएको छ ।

सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ । एथ्लेटिकोको जितमा महत्वपूर्ण भूमिका खेलेका ग्रिजम्यान म्यान अफ दि म्याच पनि भए ।

जेठ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्