आजको मौसम : कुन कुन क्षेत्रमा बदली हुन्छ ?

फाइल फोटो

काठमाडौँ – देशका मध्य तथा पूर्वी क्षेत्रको मौसम शुक्रबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका पहाडी क्षेत्रसहित देशभर नै आंशिक बदलीको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए ।

पूर्वीमा पूर्वी वायु तथा पश्चिम र मध्य क्षेत्रमा पश्चिमी न्युन चापीय प्रणालीका कारण मौसम बदली भएको हो ।

दिनभर नै मौसम बदलीको अवस्था रहने देखिएको छ । केहीबेर घाम लागे पनि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए ।

जेष्ठ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्