विश्वकपका लागि फ्रान्सको टिम घोषणा : को को परे, को अटाएनन् ?

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल सुरु हुन अब एक महिना भन्दा कम समय छ । आउँदो जुन १४ देखि नयाँ विश्वविजेता छान्नका लागि औपचारिक रुपमा अभियान सुरु हुनेछ ।

त्यो अभियानमा उपाधिको दाबेदार मानिएको फ्रान्सको टिम घोषणा भएको छ । फ्रान्सको २३ सदस्यीय टिममा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सल र आर्सनलका एलेक्सान्ड्र लाकाजेटी परेका छैनन् ।

विज्ञापन

तर एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान र म्यानचेस्टर युनाइटेडका पउल पोग्बाले टिमलाई बलियो देखाएका छन् । यस्तै चोटग्रस्त रहेका मार्सेइलीका मिडफिल्डर दिमित्री पेयट पनि टिममा परेका छैनन् ।

फ्रान्स विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्कसहित समूह सी मा रहेको छ ।

दुई वर्षअघि भएको युरोकपमा फाइनलमा पोर्चुगलसँग पराजित भएको फ्रान्सका लागि यो विश्वकप त्यहाँ लिन नसकेको तर त्यो भन्दा ठूलो सफलता लिने मौका बन्न सक्छ ।

फ्रान्सको टिममा को को ?

गोलरक्षक : ह्युगो लोरिस, स्टिभ म्यानडान्डा, एल्फोन्से एरिओला

डिफेन्डर : लुकास हर्नान्डेज, परिस्नल किमपेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पावार्ड, अदिल रामी, डिजिब्रिल सिडिबे, सामुएल उमटिटि, राफाएल भारेना

मिडफिल्डर : एन गोलो कान्टे, ब्लाइसी माटुइडी, स्टिभन एन जोन्जी, पउल पोग्बा, बारिन्टिन तोलिसो

फरवार्डस् : उसमान डेम्बेले, नबिल फकिर, ओलिभर जिरउड, एन्टोनी ग्रिजम्यान, थोमस लेमार, केलियन एमबाप्पे, फ्लोरिएक थाउविन

जेष्ठ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू