आजको मौसम : बादल र घामको दिनभर लुकामारी, पानी पर्ने सम्भावना

फाइल फोटो

काठमाडौँ – काठमाडौँ उपत्यकामा शनिबार बिहानैदेखि घाम लाग्ने र बादलले छेक्ने क्रम चलिरहेको छ । दिनभर घामलाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्व तथा मध्य क्षेत्रमा शनिबारको मौसम सामान्यतया बदली रहने मौसमविदले बताएका छन् । यस्तै देशका अरु क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ ।

बेलुकापख भने देशभरको मौसम सामान्यतया बदली हुने सम्भावना देखिएको छ । यस्तै मेघगर्जनसहित पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

जेष्ठ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्