ब्लग

राष्ट्रवादी को र को राष्ट्रघाती ?

फाइल तस्बिर

राष्ट्रवादी को र को राष्ट्रघाती वा अराष्ट्रिय भन्ने विषयले आम नेपालीमा दुविधा सृजना गरेको छ । ऊ वा यो वा त्यो जेभए पनि वा भने पनि आशंकै आशंकामा आज हामीले जीवन गुज्रानु पर्ने बाध्यता आइलागेको छ ।

दल, दलभित्र पनि केही नेता, समूह र उपसमूह भित्रका दास भनौँकी तिनका कार्यकर्ता, उनीहरूले मात्र आ–आफ्नो पक्ष र विपक्षमा बाँडिएर आ–आफ्नो पक्षको पक्षमा वकालत गरिरहेका छन् । आफू, आफ्नो पक्ष र आफू अनुकुल स्वार्थका खाँतिर राष्ट्रियताको ब्याख्या गरिरहेछन् ।

राष्ट्रवाद आफ्नो देशको संस्कृति, विशिष्टताप्रति गौरव गर्ने भावना, राष्ट्रको उन्नति–प्रगतिलाई सवभन्दा बढी महत्व दिने दृष्टिकोणका साथै राष्ट्रप्रतिको आस्था र निष्ठा हो ।

राष्ट्रवाद जनताको संस्कार, संस्कृति, भूगोल, भाषाकासाथै साझा मनोविज्ञान र इतिहास र केही मिथकसँग पनि जोडिएको हुन्छ । आखिर सत्य त एउटै हुनु पर्ने हो तर यहाँ सत्य र असत्यको नै भेउ नपाउने सम्मको भ्रममा आम नेपाली समाजलाई गुज्रिन बाध्य पारिएको छ ।

यस्तो गञ्जागोलको अवस्थामा पुर्‍याउने कर्ता मुख्य तया हाम्रा राजनीतिक दलहरूका साथै राजनीतिक चरित्र नभएकाहरूको नै राजनीतिमा हालिमुहाली, बुद्धिजीविहरू र संचारजगत पनि त्यति नै प्रमुख कारक तत्व हुन् । यो स्थितिको अनुभुति प्रत्यक्ष रुपमा यसपटको मोदी भ्रमणको समयमा पनि प्रष्ट नै देख्न, सुन्न, हेर्न र पढ्न पाईयो, देश भित्र र बाहिर रहेका आम नेपालीका विचार, धारण र मनोदशा । इन्टरनेट र समाजिक संजालको सुविधाका कारणले ।

‘जो जोगी आए पनि कानै चिरिएका’ र ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ यो अवस्थाको अनविश्वास किन आम नेपाली समाजले गरी र भोगिरहेको छ भन्ने पाटोलाई अब सुक्ष्म र गहन ढङ्गले हेरेर भावीदिनको दिशा पहिल्याउनु पर्ने टट्कारो आवश्यकता प्रष्ट देखा परेको छ वर्तमानमा ।

कुनै पनि राष्ट्रको सुरक्षा प्रणाली बलियो र सक्षम बन्न त्यो राष्ट्रको जासुसी संयन्त्र र आर्मीका साथै कूटनीति पक्ष कति चुस्त–दुरस्त र सवल छ भन्ने कुराको ठूलो भूमिका रहन्छ । संसदमा प्रधानमन्त्रीले मोदी भ्रमणको बारेमा बोल्ने क्रममा स्वयंमले राष्ट्रिय मर्यादा तथा कूटनीतिक मर्यादा विपरितका काम भएको स्वीकारेका छन् ।

भने उता नागरिक अभिनन्दनको क्रममा प्रदेश नंं. २ का मुख्य मन्त्री लालबाबु राउत र कार्यक्रम संचालक मन्त्री जितेन्द्र सोनामका हर्कत र नेपाली भण्डाको विकृतरुप आम नेपालीले देखे कै छन् । यसै बिचमा देश भित्र र वाहिरबाट विभिन्न पात्र र प्रवृतिहरुको बहुआमिक चलखेल पनि त्यति नै देखिन्छ । जसले गर्दा राष्ट्रविप्लवको खतरा उत्पन्न गराउने विभिन्न बहुयामिक खेल पनि सुरु गर्न खोजिएको देखिन्छ ।

भारत वा मोदीका आफ्नो राष्ट्र र जनताको भलाईका लागि विभिन्न किसिमका स्वार्थहरू होलान् नै । तर हाम्राहरूको राष्ट्र र जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्ने साहस, नैतिकता र विवेक चाहिन्छ । कम्तिमा राष्ट्र र राष्ट्रियताको सवालमा एक मत देखिनु पर्ने हो । के हाम्रा शासकले त्यो क्षमता राख्ने गरेका वा प्रस्तुत करेका छन् त ? अर्कालाई मात्र दोश दिनुको के अर्थ रहन्छ र ?

आफ्नो स्वार्थ सिद्धगर्न र सत्ताको स्वाद लिन तत्काल जिब्रो अदलिबदली गरिनै रहने वा दलालि र गुलामि गर्ने दोहोरो मापदण्ड र राजनीतिक प्रपोगान्डामा देखा पर्ने प्रवृतिले गर्दा राष्ट्र र राष्ट्रियता कमजोर बन्ने त भयो नै आम नागरिकमा पनि राष्ट्रियताको विषयमा भ्रम र दुविदा पैदागरी रहेकोछ । दलहरूका नेताहरूले भन्ने ‘राष्ट्रियता’ को वारेमा नै भ्रम र दुविधा किन आम जनतामा भैरहेको छ भन्दा । यी नै दलहरू बारम्बार ‘राष्ट्रवाद’ लाई लिएर फुट्ने र जुट्ने, सत्तामा समिकरण गर्ने, चुनावमा तालमेल गर्ने विभिन्न श्रीङ्खलाले पनि यो पुष्टि गर्दछ ।

खास गरी विगत माओवादी ‘जनयुद्ध’ सुरुवातदेखि र विषेश गरी २०६२ पछि सार्वभौम नेपाली नगारिकहरूलाई आफ्नो सार्वभौमिकताको प्रयोग गर्नै नदिएर जुन किसिमले प्राविधिक रुपमा मात्र नेपालको राजनीतिक अगाडि बढिरहेकोछ त्यसले नेपाली राष्ट्र र राष्ट्रियता झन–झन रसातालमा पु¥याउने काम भैरहेका छन् ।

मोदीले नै काठमाडौँ र जनपुरको सम्बोधनमा हामी नेपालीको सभ्यता, संस्कृति, धर्म र विरासतकासाथै, वौद्ध र हिन्दुहरूको सम्बन्धका बारेमा व्याख्या र विश्लेषण गरिदिनु पर्ने यी हाम्रा स्वनामधन्य ‘निरपेक्षता’वादीहरू किनारामा बसेर तालि बजाई दाँतदेखाउनु कम्तिमा लाज र सरमले पानी–पानी हुनुपर्ने हो । यो जस्तो बिडम्बना अरु के नै हुनसक्ला र नेपाल राष्ट्र र राष्ट्रियताका निम्ति ।

मोदी स्वयमले आफू यो पटको नेपाल भ्रमण ‘प्रधानमन्त्री भन्दा पनि प्रधान तीर्थयात्री’को रुपमा आएको बताएका छन् । मोदीले मधेसको जानकी मन्दिर, पहाडको पशुपतिनाथ र हिमालको मुक्तिनाथको दर्शन जुन हिसाबले गरेका छन् त्यसले ठूलो महत्व राख्दछ र राख्ने छ भविष्यमा पनि हाम्रा लागि । मोदीले पूर्वीय सभ्यता, संस्कृति र धर्मको बारेमा आम नेपाली माझ र संसारभर नेपालबाट जुन किसिमको सन्देश संचार गर्न खोजेका छन् त्यो भने मनन् योग्य छ जसले दूरगामी प्रभाव देखाउने नै छ ।

सो भ्रमणको क्रममा नागरिक अभिनन्दनको भाषण र आफ्नो ट्वीटरमा प्रयोग गरेको नेपाली भाषाको प्रयोगले पनि नेपाली भाषालाई गलत मनसाय र प्रायोजित वा सुनियोजित तरिकाले कथित कुव्याख्या र विश्लेषण गर्ने ‘राष्ट्रवादीहरू’ लाई पनि ठूलो झापट लगाएको हुनुपर्दछ ।

सत्ता बाहिर र सत्ता भित्रबाट केहिले र नागरिकतहबाट पनि मोदी भ्रमणको सुरक्षामा देखिएको गतिविधि र सुरक्षामा देखिएको ‘हस्तक्षप’ लाई लिएर कोकहोलो मात्र गर्नुमा कुनै तुक रहन्न । यसरी भारत वा भारतिय सुरक्षा निकायले हाम्रो सुरक्षामा अविश्वास गर्नुको कारण पनि छन् कि भन्ने तिर ध्यान दिनु पनि त्यति कै आवश्यक छ । विगत माओवादीले चलाएको सशस्त्र द्वन्द्व देखिलिएर २०६२÷०६३ पछि पनि नेपाली सेनाको मनोवल गिराउने कयौं काम भएका छन् ।

त्यहि द्वन्द्वको सुप्रिम कमाण्डर, दुई–दुई पटक प्रधानमन्त्री र वर्तमानमा पनि आफ्नो वरिपरि नेपालको राजनीति घुमाई रहेका नेता समेतले बेला बखत आफू असुरक्षित भएको कुरा सर्वाजनिक बोल्नुले समेत रहस्यको विषय बनाएको छ । यस्तै राष्ट्रिय अनुसन्धानमा जस्तो संस्थामा समेत दलहरूले आफ्ना झोले कार्यकर्ताले भर्ने काम विगतदेखि वर्तमान सम्म भैरहेका छन् ।

नेपाल प्रहरीको हालैको ‘सुनकाण्ड’ लाई मात्र उदाहरण लिए पुग्छ । विगत (२०४५) दरबारले बेल्जियम र चीनबाट सैनिकका लागि बन्दोवस्तिका सामान र हतियार ल्याउँदा दरबारलाई कहाँ पुर्‍याइयो त्यो घटना पनि त्यति नै पीडादायिक छ । यी आदि इत्यादी घटनाक्रमको पृष्ठभूमिबाट पनि हेरेर आगामि दिनको भाटो पहिल्याउन आवश्यक छ । यसरी आफ्ना हरेक अंगहरूलाई कमजोर पार्दै विदेशिको उछितोकाडेर मात्र सक्षम र सवल राष्ट्र र राष्ट्रियतो दिवालिया सपना देख्नु उचित होला त ? यस्तै उता संघीय संसदमा अमरेश कुमार सिंह र गगनथापाको विगत र अहिलेको संसदको व्यक्त ‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ पनि बुझिन नसक्नुको छ !

भारत र मोदीका स्वार्थ नेपालमा प्रमुख दुईवटा नै देखिन्छन् । पहिलो सुरक्षा र दोस्रो पानी । अन्यकारणहरू पनि छन् ति सहायक हुन् । जुन कुराको पुष्टि विगत २०७१ को नेपाल भ्रमणमा नेपाली संसदमा व्यत्त उनको धारण ‘पानी र जवानी’ र २०७२ को प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समयमा हैदरावाद हाउसको संयुक्त पत्रकार सम्मेलनमा व्यत्त मोदीधारणा ‘नेपालको स्थिरता भारतको राष्ट्रिय सुरक्षासँग जोडिएको छ ।

बढ्दै गएको अतिवाद तथा आतंकवादबाट उत्पन्न खतरा दुवै देश मिलेर सामना गर्ने छौं हामी यस्ता तत्वलाई सिमानामा दुरुपयोग गर्न दिने छैनौं’ यो दोस्रो कुराले के देखाउँछ भने कतै मोदी वा भारत नेपाललाई आफू नियन्त्रित स्थिरता त खोजिरहेको छैन ? गम्भीर विषय यो हो हामिले बुझ्नु पर्ने ।

मोदी चतुर र वाकपटुक नेता त हुन् नै । उता घरेलु मैदानमा छिमेकी (नेपाल) माथि राम्रो सम्बन्ध कायम गर्न नसको आरोप विपक्षिहरूबाट खेपी रहेका छन् ।

यस्तै २०१९ को निर्वाचन पनि आउन एकवर्ष बाँकी रहँदा र यता नेपालमा मोदी र भारत विरोधी भावना पैदा भैरहेको अवस्थामा मोदीको ‘प्रधान तिर्थयात्री’ का रुपमा नेपालभ्रमणले उता भारतमा कतिअसर गर्ला त्यो पाटोको भन्दा पनि यताको भावीदिनमा के प्रभाव र असर पार्ने छ भन्ने विषय प्रधान हुने छन् ।

जेठ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्