‘प्रधानमन्त्री ओलीले राजीनामा गर्नु पर्छ’

काठमाडौं- एमाले माओवादी एक भई नयाँ पार्टी गठन भएको र संसदमा नवगठित नेपाल कम्युनिष्ट पार्टीको पूर्ण बहुमत रहेको अवस्थामा संविधानको धारा ७६ (१) अन्तर्गत सरकार गठन हुनु बाध्यात्मक भएकोले प्रधानमन्त्री केपी ओलीले तत्काल राजिनामा गरि नयाँ तरिकाले सरकार गठन गर्नु पर्ने पुर्व सचिव भिम उपाध्यायले बताएका छन्।

उपाध्यायले भने, ‘वर्तमान ओली सरकार संविधानको धारा ७६(२) बमोजिम गठन भएको सयुक्त सरकार हो जसले संविधानको धारा ७६(४) बमोजीम विश्वासको मत लिएको थियो। संयुक्त सरकारमा रहेका दलहरू एकिकृत भएर पुराना दुई दल खारेज भइसकेको र नयाँ दल नेकपाको प्रतिनिधिसभामा पूर्ण बहुमत रहेकाले संविधानको धारा ७६(१) बमोजिम एकल बहुमत सरकार गठन हुनु पर्छ। प्रधानमन्त्री ओलीले निर्वाचन आयोगबाट नेकपाले आधिकारिता पाए लगत्तै राजीनामा गरी धारा ७६(१) अनुसार एकल बहुमतीय सरकारको प्रधानमन्त्री पुन: नियुक्त हुनुपर्ने उपाध्यायको तर्क छ।

पुर्व सचिव भिम उपाध्याय।

यस्तै मन्त्रीमण्डल पनि संविधानको धारा ७६(१) बमोजिमनै गठन गर्नु पर्ने भएकाले मन्त्रीहरुले पनि पुन: सपथ गर्नु पर्छ, उपाध्यायले भने।

जेष्ठ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्