मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १२)

न्यूरो सर्जरीको मक्कामा द्रोणाचार्यसँग मेरो भेट

दिल्लीबाट ब्रिटिस एयरवेजको प्लेनमा बस्यौँम सरकारी अफिसर भएकाले मलाई बिजनेस क्लासको टिकट दिइएको थियो। त्यति ठूलो प्लेनमा कहिल्यै नबसेकोत्यस्तो लक्जरी कहिल्यै नदेखेको। बिहान ५ बजे एयरपोर्ट रिपोर्ट गर्‍यो६ बजे प्लेन टेकअफ गर्‍यो क्यार। प्लेनको यात्रा अझै रमाइलो। मिडल इस्टका एयरपोर्टहरु त्यो बेलामा धुलैधुलो थिए तर अहिले हेर्दाखेरि गगनचुम्बी भवनहरु बनेका छन्।

त्यहाँ दुईतीन ठाउँमा रोकिएर लण्डनमा ४ बजे प्लेन ल्याण्ड गर्दा दिउँसो नै छ। रमाइलो समर, घाम लागेको। बाटोमा जाँदा समुद्र पनि देखियो।

प्लेनबाट हेरेँ धेरै। सबै रमाइलो मनै रमाइलो भएपछि सबै रमाइलो लाग्छ। मैले लण्डन कताकता न्यूयोर्क र अमेरिकाका सहरजस्तै अग्ला गगनचुम्बी भवनहरु भएको सहर होला भन्ठानेको त, काला बिल्डिङ भएकोप्लेनबाट पनि चिम्नीमात्र देखिने।

अलिकति डिस्प्वाइन्ट त भएँ तर पछि सहरभित्र पसेपछि प्राचीन सहरआफ्नै चरित्र भएको। अर्कै खालको रमाइलो।

ल्याण्ड गरेपछि ब्याग रिक्लेम गर्ने बित्तिकै ट्याग लगायोलाहुरेजस्तै घद्रकघद्रक गर्दै बाहिर निस्केँ। निस्कने बित्तिकै त्यहाँ बस नं. ए टू’, जसले सोझै भिक्टोरिया लैजान्थ्योकुपन देखाएर भित्र पसेँ। बसमा टाई लगाएको स्मार्ट ड्राइभर, सेतो अंग्रेज। मलाई त अचम्म लाग्यो, कुन संसारमा आइयो भनेर। गाली पनि नगर्नेसीट छैन पनि नभन्ने।

एक घण्टाको यात्रापछि भिक्टोरिया स्टेसनमा झारिदियो र यसरी जाऊ भन्यो। त्यसबेला भिक्टोरिया स्टेसनभित्र नै एउटा किओस्क बनाएर त्यसमा ब्रिटिस काउन्सिलको रिसेप्सन अफिस राखिएको रैछअहिले त्यो बेलाजस्तो ब्रिटिस काउन्सिल नै छैन। ब्रिटिस काउन्सिलले त्यस्तो काम पनि गर्दैनअन्तर्राष्ट्रिय छात्रवृत्ति पनि त्यति धेरै दिँदैन। रिसेप्सन अफिसमा गएपछि त्यहाँको अफिसरहरुले हाम्रो यहाँबाट पठाएको डकुमेन्टहरु हेरेर लण्डन बस्दा चाहिने खर्च अलिअलि दिएसही गराए र होटलमा लगेर राखिदिए। पछि म त्यो होटल नजिकै काम गर्नेमा परेत्यो होटल युस्टन स्टेसन नजिकै थियोकोरा होटल। होटल स्ट्राटिजीकल्ली युस्टन स्टेसनको वाकिङ डिस्टन्समा थियो। म ग्लास्गो जाँदा युस्टन स्टेसनबाट जानुपर्ने थियो ट्रेन समातेर।

साँझ साढे पाँच बजेतिर म होटलमा पुगेँत्यो बेला समर भएकोले लण्डनमा धेरै अबेलासम्म घाम लाग्नेदिउँसो नै जस्तो थियो। आफ्नो कोठामा गएँत्यो बेलासम्म पत्याउनुहोस्मैले टेलिभिजन देखेको थिइन। कोठामा त टेलिभिजन रहेछ। बिबिसीको के के आइरहेको थियोहेरेँ अलिअलि।

डाक्टर यन्तमणिले एक जना आँखाको डाक्टरलाई केही सामग्री उपहार पठाउनुभएको थियो र फोन नम्बर पनि दिनुभएको थियो। मैले त्यहाँ पुग्नेबित्तिकै होटलको काउन्टरमा गएर यो नम्बरमा मलाई फोन गर्नु छनम्बर मिलाइदिनुस् भने। नम्बर मिलाइ दिनुभयोमैले सम्बन्धित डाक्टर साबलाई फोन गरेँ। उहाँ नेपाल आएर केही महिना काम गर्नुभएको थियोनेपाललाई माया गर्ने।

म फलानोवीर हस्पिटलमा यसरी काम गर्ने डाक्टर अहिले यसरी पढ्न आकोतपाईलाई केही उपहार पठाइदिनुभएको छ यन्तमणि डाक्टरसाबले कुन बेला लिन आउनुहुन्छ भनेपछि उहाँले ल म पिकअप गर्न आउँछुतपाईलाई डिनरको लागि बाहिर लैजान्छौँ हामी श्रीमान् श्रीमतीले भनेर अफर गर्नुभयो।

उहाँले निर्धारित गरेको समयसात साढे सात बजेसम्म म तयार भएर तल ओर्लिएँ। आफ्नो सामान पनि कलेक्ट गर्नुभयो र मलाई लिएर जानुभयो। दिनभरि एरोप्लेनमा बिजनेस क्लासको हरेक खाना खाएकोभोक पनि लागेको थिएनत्यो बेलामा ब्रिटिस एयरवेजको प्लेन जहाँ रोकियो, त्यहीँ खाना सर्भ गर्नेत्यहाँ त तीनपटक लञ्च सर्भ गरे। खान्न भन्दा पनि सर्भ गर्ने हाम्रो कर्तव्य होखाने नखाने तपाईँको कुरा हो भन्थे। ओभर फेड भइसकेको थिएँ, तैपनि साँझमा उहाँहरुले भनेको भएर गएँअलिअलि खाएँ र आफ्नै मोटरमा होटलमा ड्रप गर्दिनुभयोउहाँको नाम मैले भुलेँ।

भोलिपल्ट बिहान ब्रेकफास्ट गर्न होटलको डाइनिङ रुममा जाँदा अर्को अचम्म भयो। त्यति सफात्यति अर्गनाइज्ड। ब्रेकफास्टको सबै खानेकुरा मिठोनेपालमा दूध पनि राम्रो नपाउनेत्यहाँ त्यस्तो मिठो दूधकर्नफ्लेक्स त्यसपछि ससेस एगसबै खाएँ। पूरा ब्रेकफास्ट गरिसकेपछि पौने नौ बजे मेरो कुरियर मलाई लिन होटलमा आइपुगे सानो भ्यान लिएर। उनले ब्रिटिस काउन्सिलको अफिसमा लिएर गएत्यो बेलामा ट्राफल्गर स्क्वायरको नजिक थियो ब्रिटिस काउन्सिलत्यसलाई स्प्रिङ गार्डेन भन्थे। मलाई लाग्छ आठ कि दस स्प्रिङ गार्डेन थियोठूलो बिल्डिङ।

उनले मेरो प्रोगाम अफिसरसँग भेटाइदिए। प्रोगाम अफिसर हेलेल सिंगर भन्ने हुनुहुन्थ्यो। हेलेल सिंगरसँग भेटेपछि उहाँले मेरो डकुमेन्ट्स माग्नुभयो। फलानो डकुमेन्ट्स छ भन्दा मैले फ्याट्ट दिएँअर्को डकुमेन्ट्स छ भन्दा त्यो पनि फ्याट्ट दिएँ। आधा मिनेटमा निकाल्यो,दियो। तीनओटा डकुमेन्ट निकालिसकेपछि उहाँले भन्नुभयो, ‘ओ यू आर सो अर्गनाइज्ड।’ ओभरसिजको मान्छेहरु एउटा डकुमेन्ट मागेपछि आत्तिएर चारतिर खोतल्ने बानी परेकातीन चारओटा डकुमेन्ट माग्ने बित्तिकै फटाफट दिएपछि लिटरल्लीसि वाज भेरी इम्प्रेस्ड।

मैले पनि जाने भएपछि सिभी बनाएर ल्याएको थिएँत्यो चलनै थिएन त्यसबेला। सिभी टाइप गर्ने मान्छे भएनसिभी बनाएर माधवदाइको अफिसमा गएर त्यहाँको अफिसमा भएको टाइपिस्टहरुलाई खुसामद गरेको थिएँ। उनीहरु पनि बेलायत जाने भएपछि दे वेर विइलिङ टू ओब्लाइज’ सहयोग गर्न धेरै खुसी। त्यही बनाएँफोटोकपी मेसिन पनि त्यहीँ मात्र थियोवीर हस्पिटलमा हुने कुरै थिएनफोटोकपी गरेर चारप्रति लिएर गएको थिएँ।

मेरो सिभी त्यो लेबलको डाक्टरका लागि इम्प्रेसिभ नै थियो। १० ओटा पेपर पब्लिस गरिसकेको थिएँत्यसलाई पनि फोटोकपी बनाएँ४ ओटा जति।

ब्रिटिस काउन्सिलमा त त्यो पेपर देखाउनु परेनपब्लिस गरेको पेपरसर्टिफिकेट भन्ने बित्तिकै देखाएँ। हेलेन सिंगरले सबै डकुमेन्ट चेक गरिसकेपछि मैले पाउने लिभिङ अलाउन्सपैसा तपाईँले यति पाउनुहुन्छसुरुमा इस्टाब्लिस हुन अलाउन्स यति हो भनेर २ सय ६० पाउन्ड दिनुभयो। मैले खल्तीमा हालेँ। अनि ब्रिटिस काउन्सिलको कुपनले ट्रेनको टिकट त्यहीँबाट नै पाउने भयो। अनि ग्लास्गो पुगेपछि त्यहाँको स्टेसनबाट होटलसम्म पुग्ने पैसा पनि हिसाब गरेर दिनुभएको थियो र होटल पनि एक दिन दुईदिनको लागि बुक गर्दिसक्नुभएको थियो। पैसा चाँहि मैले आफैँ तिर्नुपर्नेदुई दिनपछि आफ्नो व्यवस्था गर्नु भनेका थिए।

कुरियरले मलाई जनरल मेडिकल काउन्सिलमा लिएर गएबेलायतको। यो लण्डनको ब्रिटिस टेलिकम टावरको नजिकै छगुजस्ट्रिटमा पर्छ। त्यहाँ ब्रिटिस काउन्सिलको चिठी देखाएपछि काउन्सिलको अफिसरले तपाईँको सर्टिफिकेट देखाउनुस् भने। मैले ओरिजिनल सर्टिफिकेट देखाएँ, एमबीबीएस पास गरेको। त्यो देखेपछि उहाँले बिटिस काउन्सिलको जनरल मेडिकल काउन्सिलको मेरो फाइलमा ‘ओरिजिनल सीन’ भनेर लेख्नुभयो र मलाई उत्ति नै बेला फिर्ता गर्नुभयो फोटोकपी राखेर।

सिस्टम भाको देश भनेको त्यस्तो होजनरल मेडिकल काउन्सिलको रजिस्ट्रेसन नम्बर लेखेपछि तेरो ओरिजिनल सर्टिफिकेट, के हो कसो हो भनेर न रोयल कलेजले सोध्योन अस्पतालले सोध्यो। नेपालमा बिडम्बना के भने ब्यूरोक्रेसी यति पुरातन छ कि सरकारी सेवामा तीनपुस्ता खुलाएरनागरिकताको प्रमाणपत्र पेस गरेर जागिर खाएर रिटायर्ड हुने बेलामा पनि फेरि नागरिकताको प्रमाणपत्र चाहिन्छ। यो कहिले बदलिनेवाला छैनहाम्रो मानसिकता नबलिएसम्मयस्तैमा हामी समय बिताएर हाम्रो विकासको अग्रगति रोकिरहेका छौँ। तर बेलायतमा हिसाब सजिलोमेडिकल काउन्सिलले ओरिजिनल सर्टिफिकेट नहेरी रजिस्ट्रेसन दिँदैननम्बर कोट गरिसकेपछि सबै फर्म भर्दा त्यति भए पुग्ने। एउटा क्लर्कले ‘सीन’ भनेर सही गरेपछि त्यसलाई सधैँ सबैले मानिरहने।

मेरो अफिसियल काम १२ बजे सक्कियोकुरियरले मलाई होटल फर्काउँदा लञ्च खाने ठाउँ भनेर पबमा लगे। समरमा लण्डनमा खुब रमाइलो हुन्छपबको बाहिर छातामुनि मान्छेहरु बस्नेबियर खाने रमाइलो गर्नेलञ्च पनि खानेस्याण्डविच इत्यादि खाने। उनले बियर र स्याण्डविच खाए मैले स्याण्डविचमात्र खाएँ। त्यसपछि मलाई होटलमा ल्याएर मलाई बिदा गरेर बाँकी समय आफ्नै तरिकाले लण्डन घुम्नुहोस्भोलि बिहान यसरी गएर ट्रेन समात्नुस्ट्रेन जानुभन्दा आधा घण्टा अगाडि गएर कुपनलाई टिकटमा कन्भर्ट गर्नुहोस् भनेर देखाइदिए।

त्यो बेलामा ‘ग्लास्गो कोमा स्केल’ लेखिसकेपछि ग्लास्गो धेरै रिसर्च गरिसकेको भएर अन्तर्राष्ट्रिय छवि असाध्यै ठूलो थियो। त्योचाँहि मक्काजस्तै भएको थियो, जो पनि न्यूरो सर्जन त्यहाँ आउनखोज्ने।

त्यो दिन आफ्नै तरिकाले लण्डन घुमेँ त्यो दिन साँझमा आफै खाना खान गएँ। के खाना खानेअर्डर गर्नलाई पनि पाखे भइने। नजिकै हेर्दा चाइनिज रेष्टुरेन्ट फेला पारेँ। साउथ ह्याम्पटन रोमाअहिले याद छ कहाँनिर हो। पछि त्यो क्विन स्क्वायरको काम गर्दा थाहा पाएँ। साउथ ह्याम्पटन रोको भित्रपट्टि थियो नेसनल हस्पिटल अनि थाहा पाएँ, पहिला म कहाँ बस्या रछुकुन एरियामा लञ्च डिनर खाएको रहेछु भन्ने।

साउथ ह्याम्पटन रोको भित्रपट्टिको चाइनिज रेष्टुरेन्टमा फ्राइड राइस’ भनेपछि यू आर नेभर रंग।’ दुई पाउण्डमा फ्राइड राइस आयोनेपालीमा कन्भर्ट गर्दा बेहाल हुनेडर पनि लाग्यो- ओहो यति महंगो खाना भनेर। फ्राइड राइस खाएर अलिअलि घुमेँ र होटलमा गएँ। अनि मैले अघिल्लो दिनमा नै युस्टन स्टेसन कसरी जाने भनेर रिहर्सल गरेँहिँडेर। कति समय लाग्दो रहेछ त्यो पनि विचार गरेँ। कोरा होटलबाट हिडेर जाँदा ७/८ मिनेटमा पुगिने रहेछ। भोलिपल्ट सुटकेस घिच्याएर पुग्नुपर्‍योटिकट काउन्टर कहाँ रहेछ भनेर पनि हेरेँ।

भोलिपल्ट नौ बजे आसपासमा ट्रेन थियोब्रेकफास्ट गरेर युस्टनमा गएँ। कुपन र टिकट एक्सचेन्ज गरेँ। ११ कि कति नम्बरको प्ल्याटफर्ममा ग्यास्कोमा जाने आउँने रहेछ,त्यही प्ल्याटफर्ममा गएर बसेँ । ट्रेनभित्र मेरो सिट दिएको थियो। त्यही बसेँ। त्यो ट्रेनको सिट नै एरोप्लेनको जस्तो। हामी इन्डियामा ट्रेन चढिरहेकोबेलायतको त कस्तो फरक। त्यहाँ सबैले आफ्नो घरबाट लिएको लञ्च ब्याग लिएर बसे, आफ्नो त केही थिएन। पहिलोपटक हरियो स्याउ देखेँ। मसँगै बसेका एक परिवारले झोलाबाट हरियो स्याउ निकालेर खान थालेँ। अनि मैले ट्रेनको बिचमा डाइनिङ फेसिलिटी छ भन्ने थाहा पाएँ। लञ्च खाने बेलामा त्यहाँ गएर किनेँएउटा कोक पनि। त्यहाँ पनि हरियो स्याउ राखिएको रहेछखान मन लाग्योकिनेँ। हरियो स्याउ देख्दा अमिलो होला जस्तो लागेको थियो तर मिठो रहेछ। लञ्च खाएर दिउँसो २ बजे ग्लास्गो पुगियो, ५ घण्टाको यात्रा गर्दै। ग्लास्गोको सेन्ट्रल स्टेसनबाट निस्किएर ट्याक्सी लिएँ। ट्याक्सीलाई क्रक्सन होटलसम्म लगिदेऊ भनेँ। क्रक्सन होटल चाँहि ग्लास्गो र पेजली शहरको बीचमा रहेछ।

पेजली ब्रिटिस एम्पायरको पालामा धेरै प्रसिद्धत्यहाँ गार्मेट प्रिन्ट गर्थेप्रेजली प्रिन्ट पनि भन्छन् नि। शनिबारको दिन तीन बजे पुगेँ। एक जना नेपाली डाक्टर रोयल अलेक्जेन्डर हस्पिटलमा एनेस्थेसियाको ट्रेनिङ लिँदै हुनुहुन्थ्यो। उहाँको नम्बर लिएर गएको थिएँ मैले। जाने बित्तिकै होटलको मालिकलाई सोधेँफोन गर्न थाहा थिएन। उहाँ हकहेड हस्पिटलमा बसेर रोयल अलेक्जेन्डर हस्पिटलमा काम गर्नेरेजिडेन्सी हकहेड हस्पिटलकोडाक्टर प्रभु जोशी। मैले हकहेड हस्पिटल कहाँनेर हो भनेर होटलको मालिकलाई सोधेँ, ‘जस्ट टर्न लेफ्ट,टेन मिनेट वाक’ भनेर बताइदियो। म आफैँ सोच्न थालेँडाक्टर जोशीलाई सरप्राइज दिन्छु भनेर। मचाँहि नेपालमा निकै चाँडै हिँड्नेमा गनिएकोपकनाजोल डेराबाट वीर अस्पताल १० मिनेटमा पुग्ने। मैले अड्कल गरेँ यिनीहरुलाई १० मिनेट होला, म त त्योभन्दा पहिला नै पुग्छु भनेर। १० मिनेट हिँडे, केही पनि देखिँदैन। त्यहाँ त मान्छे धेरै चाँडै हिँड्दो रहेछन्। वाइड स्ट्रिटमोटर बाटोमा घुईँघुईँ गुडिरहेको छ। १२ मिनेटजति हिँडिसकेपछि अब चाहिँ सोध्नुपर्‍यो भनेर यहाँको हस्पिटल कता हो भनेर सोधेँमलाई त एउटामात्र हस्पिटल होला भन्ने भयो। ‘ऊ त्याँ नेर छ’ भनेर देखाइदिएनजिकैको हस्पिटलभित्र छिरेँहकहेड होला भनेर तर त्यो त साइक्याट्रिक अस्पताल रहेछ।

त्यहाँका मान्छे कति हेल्पफुलम पसेँ म यस्तो यस्तो होहकहेड हस्पिटल खोज्दै खोज्दै आकोबाटो बिराएँ भनेको त्यहाँका नर्सहरुले यू सिटडाउन हेयरवी विल कल योर फ्रेन्ड’ भनेर फोन गरे। योर फ्रेन्ड इज हेयरपिक हिम अप’ भने। एकैछिनपछि श्रीमतीसहित डाक्टर जोशी मलाई लिन रातो टोयटासहित ड्राइभ गरेर आइपुग्नुभयो र लिएर जानुभयो। त्यो दिन उहाँको घरमा बाँकी समय बिताएँ। डाक्टर गंगोलले भनेको नभन्दै उहाँले पहिलोपटक मलाई ह्विस्की सर्भ गर्नुभयो र ग्लास्गोमा गएर पहिलोपटक ह्विस्की पिएँ।

अहिले पनि डाक्टर जोशीले मलाई जिस्क्याउने गर्छन्, ‘यो बाहुनको छोरालई मैले पहिलो पटक ह्विस्की खान दिएर ब्रतबन्ध गराएको।’ उहाँ बज्या भन्ने जहिले पनियो बज्यालाई मैले पहिलोपटक ह्विस्की ख्वाएर बाहुनको छोराको ब्रतबन्ध गरेको मैले भनेर अहिले पनि भेट भएको बेलामा भन्नुहुन्छ। दुई दिन लगातार उहाँको घरमा राति डिनर गरेँबाटो पनि थाहा भइहाल्यो होटलमा आउने।

मेरो बानी त्यही थियोआइतबार त खालि रह्योत्यहाँको होटलको मालिकलाई सोधेँ,परिवारले चलाएको बेड एन्ड ब्रेकफास्ट थियोसाढे १२ पाउण्ड लिन्थ्यो त्यो दिनको। त्यहाँ सदर्न जनरलको फलानो ठाउँ कसरी जाने भनेर सोधेँ। उनीहरुले २३ नम्बरको बस समातेर यसरी जाऊ भने। पहिलो दिनचाहिँ एक जना बायोमेडिकल इन्जिनियर एबेडिनको श्रीमतीलाई फ्याक्चर भएर सदर्न जर्नलमा भर्ना गरेकोऊ त्यहीँ बसिरहेको रहेछ।

ऊ पनि सदर्न जनरल जाँदै रहेछसँगैसँगै जाउँ भन्यो। पहिलो दिन इन्जिनियरसँग गएँ आइतबारफुर्तिसाथ आफूले काम गर्ने अस्पतालमा जाउँ भनेर गाको। मेरा प्रोफेसरहरु ब्रायन जेनेट र ग्राहम टीज्डेलको युनिटमा मलाई जागिर दिइएकोत्यसपछि म उहाँको युनिट खोज्दै वार्ड सिक्स्टी फाइभमा पुगेँचौथो तलामा।

ती जापानिजले भने, ‘म यहाँ आएर कुरेको एक हप्ताभयो, भेट्नलाई अपोइन्टमेन्ट अझै पाएको छैन, तिमीचाहिँ आएर कामगर्न थालिसक्यौ।’ अचम्म मान्यो।

सुनसानआइतबार सुनसान। केही पनि छैनमेरो इन्ट्रेस्टचाहिँ भोलिपल्टदेखि काम सुरु गर्नु छमलाई के के ड्युटी दिइएको छथाहा भयो भने तयारी गरेर आउँछु भनेर। हेरेँ,एकहप्ताको ड्उटीरोटामा मेरो नाम नै छैन। अलि अनौठो पनि लाग्योकेही सोचेर गर्‍या होलान् भनेर फर्केँजाने बाटो पनि थाहा भयोफर्कने बाटो पनि थाहा भयो। २३ नम्बरको बस कता समात्ने पनि थाहा भयो। क्रुक्स्टन होटलबाट आउँदाचाहिँ आधा घण्टा पैँतालिस मिनेट लाग्दो रहेछफर्कँदा पनि त्यत्ति नै। टाइमिङ गरेँ अनि होटलमा गएर बसेँ।

रमाइलो कुरा के भने सोमबारदेखि काममा जान थालेँकाममा गएर फर्केर आउन थालेपछि त्यो होटलको मान्छेले पनि थाहा पायो। न्यूरो सर्जरी गर्न आको भनेर स्टुडेन्ट हैनन्यूरो सर्जन नै हो भन्थे। त्यो होटलमा बसेको दुई दिनपछि मलाई एक जना जापानिजसँग चिनाइदियो। ऊ त्यो जापानिज होन्यूरो सर्जनकुरा गर’ भने। अनि त्यो जापानिजसँग म कुरा गर्न थालेँ कोकसोकहाँबाट आउनुभयो भनेर। उनले मेरो बारेमा र मैले उनको बारेमा सोधेँपहिला मैले सोधेको थिएँ। उनीचाहिँ पहिल्यै तालिमप्राप्त प्राक्टिसिङ न्यूरो सर्जन रहेछन्पास गरिसकेका जापानका। जापानबाट उनीचाहिँ ग्लास्गोको प्रोफेसर टीज्डेल र जेनटलाई भेट्न आका।

त्यो बेलामा ग्लास्गो कोमा स्केल लेखिसकेपछि ग्लास्गो धेरै रिसर्च गरिसकेको भएर अन्तर्राष्ट्रिय छवि असाध्यै ठूलो थियो। त्योचाँहि मक्काजस्तै भएको थियोजो पनि न्यूरो सर्जन त्यहाँ आउनखोज्ने। मैले म पनि नेपालबाट आएको ट्रेनी हुँमचाहिँ जेनेट र टीज्डेलसँग ट्रेनिङ लिन आएकोकाम गर्न थालिसकेँ’ भनेँ।

ती जापानिजले भने, ‘म यहाँ आएर कुरेको एक हप्ताभयोभेट्नलाई अपोइन्टमेन्ट अझै पाएको छैनतिमीचाहिँ आएर कामगर्न थालिसक्यौ।’ अचम्म मान्यो। यो भन्नुको तात्पर्य के हो भनेत्यो बेलाको ग्लास्गोको रेपुटेसन यस्तो थियो कि भिजिट गर्न पनि कुर्नुपर्ने मेरो प्रोफेसरलाई। त्यो मान्छे हप्ता दिनदेखि होटलमा कुरेर बसिरहेको थियो। त्यो बेलामा मैले त्यो जापानिजको भिजिटिङ कार्ड लिएको थिएँकता मिसप्लेस भयो थाहा नै भएन। यसरी म अन्ततोगत्वा सोमबार बिहान नौ बजेदेखि बेलायतका सुविख्यात दुईओटा एकेडेमिक प्रोफेसर जेनेट र टीज्डेलको युनिटमा काम गर्न थालेँ। अहिले पनि म बेलायत जाँदाखेरि मिटिङमा मलाई चिनाउनुपर्‍यो भने बेलायती साथीहरुले यसको ट्रेनिङको ब्याकग्राउन्ड देखेपछि हामीलाई डाहा हुन्छ भन्छन्।

जेनेट र टीज्डेल त्यो बेलाको न्यूरो सर्जरीका द्रोणाचार्य नै हुन्उनीहरुसँग पहिलो ट्रेनिङ सुरु गर्न पाएको गर्वको विषय हो।

जेष्ठ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्